सहचालकले जिप चलाउँदा नदीमा खसेर वेपत्ता, यात्रु हाम फालेर बाँचे | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

जुम्ला, ८ भदौ । जुम्लाको जुम्ला बजारबाट डिल्लीचौर यात्रु लिएर जाँदै गरेको जिप सहचालकले चलाउन खोज्दा तिलानदीमा खसेर आँफै बेपत्ता भएका छन्। जिपको पछाडि बसेका यात्रुहरु हामफालेर ज्यान जोगाउन सफल भएका छन्।

 

बजारबाट यात्रु बोकेर गईरहेको जिप लोर्पा भन्ने स्थानमा पुगेर चालक उत्रिएका बेला सहचालकले चलाउन खोजेपछि जिप नदीमा खसेको प्रहरीले जनाएको छ।

 

भे १ च २१४४ नम्बरको जिप बुधबार बेलुका पातारासी गाउँपालिका–५ लोर्पा नजिकैबाट तिला नदीमा खस्दा सहचालक २६ वर्षका दत्तबहादुर बुढा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख गुरुबिष्णु काफ्लेले बताए।