कर्णालीमा बेपत्ता जिप भेटिएन, शव नपाउँदा आफन्तले गरे पुत्ला बनाएर अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्णालीमा बेपत्ता जिप भेटिएन, शव नपाउँदा आफन्तले गरे पुत्ला बनाएर अन्त्येष्टि

jeep

काठमाडौं, ६ असार । गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदी खसेर बेपत्ता भएको लु १ ज ७१६६ नंको जिप ३ दिनसम्म फेला नपरेकाे प्रहरीले जानकारी दिएकाे छ । जिप गत मंगलबार दिउँसाे नदीमा खसेकाे थियाे । जिप दुर्घटनामा हराएकाहरूकाे खोजी कार्य जारी रहे पनि भेट्टाउन नसकेकाे खाेजी कार्यमा संलग्न सशस्त्र प्रहरी बलका निरीक्षक लक्ष्मण बस्नेतले जानकारी दिए ।

जिप दुर्घटनामा ११ जनाकाे शव निकालिएकाे थियाे । ११ शवमध्ये ९ शवकाे सनाखत भए पनि २ शवबारे कुनै जानकारी पाउन सकेकाे छैन । घटनामा उद्धारका लागि स्थानीयबासी, नेपाली सेना, प्रहरी सशस्त्र प्रहरी खटिँदै आएका थिए ।

रित्तै फर्किए गोताखोर

बुधबार सेनाको एमआई सेभेन्टिन हेलिकप्टरबाट कुरिनटारदेखि सशस्त्र प्रहरी निरीक्षक बस्नेतको नेतृत्वमा १० जना गोताखोर टोली हुम्ला पुगेको थिए । घटना स्थलमा खोजी कार्यमा पुगेका उनीहरूले शवकाे खाेजी कार्य गरे पनि पत्ता लगाउन नसक्दा घटनाकाे थप जानकारी पाउन सकेकाे कठिन भएकाे छ ।

निरीक्षक बस्नेतले पानीको बहाव बढी हुनु, पानी चिसो र धमिलो भएकाले खाेजी कार्यमा भएको बताए ।

एउटै चितामा ४ पुत्लाकाे अन्त्येष्टि

कर्णाली नदीमा जिप खसेर भएकाे दुर्घटनामा यात्रुहरुको शव नभेटिएपछि बिहीबार एउटै चितामा ४ जनाको पुत्ला बनाएर अन्त्येष्टि गरेका छन् । आफन्तहरुले हिन्दु परम्पराअनुसार कुश र परालको पुत्ला बनाएर अन्त्येष्टि गरेका हुन् ।

खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल, नन्दादेवि सिंह, बसन्ती शाही, गोकुल सुनारको पुत्ला बनाएर अन्त्येष्टि गरिएको हाे । यसै गरी चन्द्र हमाल, जिप चालक मणि शाही, नैनसिंह भण्डारी, बसन्ती शाही, कौरा दमाई र उनको २ वर्षीय छोरालगायतकाेको हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । नदीमा जिप बेपत्ता भएपछि अहिले हुम्लाबासी शोकमा डुबेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);