सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन बेपत्ता

accident

धादिङ, २७ माघ । सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खस्दा उनीसहित तीन जना बेपत्ता भएका छन्।

कपिलबस्तुबाट काठमाडौँ जाँदै गरेको बा २ झ ३१४० नम्बरको जिप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खसेको हो। जिप शनिबार बिहान पौने तीन बजे त्रिशुलीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

दुर्घटनामा रामानन्दप्रसाद यादव, उनका छोरा सन्तोष यादव र एक जना आफन्त बेपत्ता छन् । घाइते भएका गाडीका चालक नीरन्जन यादवलाई भने उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक संजय तिमल्सिनाले जानकारी दिए। बेपत्ताहरुको खोजीकार्य तीव्र पारिएको छ।

यादव छोरीको विवाह तय गरेर काठमाडौँ फर्किएका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार