कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्ष सहित १० बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्ष सहित १० बेपत्ता

accident

काठमाडौं, ३ असार । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ कैलावालुमा जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता भएका छन् । लु१ज ७१६६ नम्बरको जिप सडकबाट करिब २० मिटर कर्णाली नदीमा खसेको हो ।

बेपत्ता हुनेहरुमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक मणि शाही, यात्रुहरु चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौर कामी, उनका दुई वर्षीय छोरा गोकुल सुनार लगायत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना मंगलवार मध्याह्न साढे १२ बजे भए पनि सूचना ढिला आएकाले उद्धारमा ढिलाइ भएको हो । सेना र प्रहरी टोली घटनास्थलमा खटिए पनि गोताखोर नहुँदा उद्धारमा समस्या भइरहेको जनाइएको छ ।

निर्माणाधीन सडकका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ। उद्धारको लागि सदरमुकाम सिमकोटबाट हेलिकप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);