पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु

डुबेर तीन युवाको मृत्यु

कपिलवस्तु, ३ असार । कपिलवस्तुको सुरई नदीमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिका २ हल्लानगर नजिकै रहेको सुरई नदीमा पौडी खेल्न गएका बिजयनगर गाउपालिकाको वडा नम्वर ६ का तीन युवाको मंगलबार दिँउसो डुबेर मृत्यु भएको हो ।

स्थानीयका अनुसारका गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुसाल र माया सुनारका छोरा सुमित सुनार रहेका छन् । दिउँसोको समयमा गर्मी छल्न गएका युवाहरु पौडी खेल्न नजानेको कारण नदीमा डुबेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तीनै युवाहरु २२ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);