पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु

कोहलपुर। कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ।

बुधबार नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा पौडी खेल्ने क्रममा डुब्दा तीन जनाको मृत्यु भएको छ । दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज–११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिभ जसगढ रहेका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उनीहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेर जोगाउन सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);