मेलम्ची पहिरोमा ज्यान गुमाएकाको शव विरगञ्ज पठाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मेलम्ची पहिरोमा ज्यान गुमाएकाको शव विरगञ्ज पठाइयो

पहिरोमा ज्यान गुमाएकाको शव विरगञ्ज पठाइयो

सिन्धुपाल्चोक, २१ साउन । मेलम्ची नगरपालिका ११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएकाको शव २ वटा बोलेरोमा विरगञ्ज पठाइएको छ।
हेलीकप्टर मार्फत लाने भनिएपनी अन्तिम समयमा हेलिकप्टर रद्द भएपछी २ वटा बोलेरोमा पठाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्ष्यक फल बहादुर तमाङले जानकारी दिनुभयो ।

मृत्तकको आफन्तसँगको छलफलपछि शव पठाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाकारी दिनुभयो ।

आइतबार निरन्तरको वर्षापछि माथिबाट आएको पहिराले थिचेरको मृत्यु भएको थियो। प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिएको थियो।

पुरिएका मध्ये एक जना भारतीय र अन्य विरगञ्जका रहेको उनले थिए। पहिरोमा परेर ज्यान गुमाउनेमा विरगञ्जका ४२ वर्षिय राजेन्द्र चौरासिया, ३५ वर्षिय प्रदिप चौरासिया,२५ वर्षिय विक्रम थिंग,२३ वर्षिय मान बहादुर रुम्बा,२० वर्षिय सिमन घ्लान, २१ वर्षिय शिव बालक धामि, १७ वर्षिय सोनाम लामा र १ जना भारतिय नागरिक राजन्द्र चौधरी रहेका छन्।

पहिरोबाट जिवितै उद्दार गरिएको भारतिय नागरिक बारु शहको उद्धार गरिएको थियो । उनको काठमाडौँको उपचार भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);