सिन्धुपाल्चोकको बरुवामा एक जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिन्धुपाल्चोकको बरुवामा एक जनाको शव फेला

सिन्धुपाल्चोक, २१ साउन । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर २ बरुवामा १ जनाको शव फेला परेको छ । बरुवाकै ५५ वर्षिय कामी लामाको शव फेला परेको वडा अध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । साउन १९ गते देखि हराइरहेका कामी लामाको शव आज छहरे खत्कुलो छाङ्गोमा देखिएको वडा अध्यक्ष लामाले बताउनुभयो ।

छाङ्गो ठुलो भएकाले शव झिक्न गाह्रो भएको स्थानियको भनाइ छ । अहिले शव कसरी झिक्न सकिन्छ भनेर अहिले स्थानिय लागि परेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने मेलम्चीबाट घटनास्थल टाढा भएकाले तत्कालै पुग्न नसकिएको बताउदै सेना परीचालन गर्न आफुले निर्देशन दिइसकेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनसार सेनाको दक्ष टोलीले छागाँमा अडकिएको शव निकाल्ने प्रयास गर्ने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);