पूर्व मन्त्री मेलम्चीमा, घटनाप्रति दु:ख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्व मन्त्री मेलम्चीमा, घटनाप्रति दु:ख व्यक्त

ser b melamchi

देवराज सुवेदी
सिन्धुपाल्चोक, २० साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवम् पूर्व कानुन मन्त्री शेर बहादुर तामाङले मेलम्चीमा ८ जनाको ज्यान जानेगरि भएको घटना प्रति दु:ख व्यक्त गर्नुभएको छ । मन्त्री तामाङ स्वयम मेलम्ची पुगेर घटनाको अवलोकन गर्दै दु:ख व्यक्त गर्नुभएको हो । उहाँले विपत्तिलाइ कसैले रोकेर रोक्न नसक्ने भन्दै सबैजनालाई सचेत रहन आग्रह गर्नुभयो ।

त्यस्तै पूर्व सुचना तथा सञ्चार मन्त्री एवम् नेपाली काग्रेसका नेता मोहन बहादुर बस्नेतको टोलिले मेलम्ची घटनाको अवलोकन गरेको छ । मेलम्ची घटना भएको थाहा पाउनासाथ इन्द्रेणी कार्यक्रमका संयोजक कृष्ण कडेंल सहितको टोली लिएर बस्नेत मेलम्ची पुग्नुभएको हो । सोमबार राति आएको पहिरोले परिएर विरगञ्ज घर भइ मेलम्चीमा मजदरी गरिरहेका ८ जनाको मृत्यु भएको थियो भने १ जनाको ४ घण्टा पछि जिवितै उद्धार गरि उपचारको लागि काठमाडौं लगिएको छ ।

पूर्व मन्त्री बस्नेतले घटना प्रति दु:ख व्यक्त गर्दै पिडित परिवारलाइ धैर्य भएर बस्न आग्रह गर्नुभयो । त्यस्तै चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका संयोजक कृष्ण कडेंलले घटनामा मृत्यु भएका हरुका प्रति परिवार १५ हजारका दरले सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेता बस्नेतले यस अघिपनि जिल्लामा घटेका हरेक घटनाहरुमा स्वयम उपस्थित हुँदै सहयोग गर्दै आउनुभएको छ ।

त्यस्तै पाँचपोखरीमा पनि गएको पहिरोमा परि मृत्यु भएका दम्पतिप्रति पनि पूर्व मन्त्रीहरुले दु:ख व्यक्त गर्नुभएको छ । गत असार २५ गते यता पहिरोमा परी सिन्धुपाल्चोकमा ३७ जनाले ज्यान गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);