सिन्धुपाल्चोककाे मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता २० जनाको नाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सिन्धुपाल्चोककाे मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता २० जनाको नाम सार्वजनिक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकले मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विवरण संकलन गर्दै २० जना बेपत्ता भएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । जिल्लाको मेलम्ची, हेलम्बुसँगै किउल, चनौटे लगायत क्षेत्रका मानिसहरु पनि बाढीमा परेर हराइरहेका छन् ।

बेपत्ता भएकाहरुको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । बाढीमा परेर अहिलेसम्म दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हराइरहेका चार जना भने सकुशल सम्पर्कमा आएका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);