समाचारको प्रभावले बिओपी प्रमुखलाई स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

समाचारको प्रभावले बिओपी प्रमुखलाई स्पष्टीकरण

अनिल पाण्डेय,
बारा । बाराको मटिअर्वा नाकाबाट तस्करी भईरहेको समाचार प्रकाशन भए पनि तस्करी नरोकिएकाले मटिअर्वा बिओपी प्रमुख सशस्त्र  प्रहरी निरीक्षक देवेन्द्र फ्युयाल लाई स्पष्टीकरण सोधिएको छ। 

तस्करीको समाचार प्रकाशन भएपछि १२ नम्बर गणका स्कवाड टोलिले छड्के गर्दा यहि मिति २०७८/०२/२७ गते २० वटा गाई समातेको थियो भने आज फेरी रु ५८ हजार ८ सय बराबरको किराना समना पक्राउ गरिएकोले मटिअर्वा नाकाबाट तस्करी भईरहेको प्रमाणित भएको छ। 

बिगतको आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा  ५३ प्रतिशत राजश्व कम दाखिला भएको तर चोरी पैठारी नरोकिएकोले सशस्त्र प्रहरी निरीक्षक फ्युयाल सँग स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरणमा बिओपी मटिअर्वाको समाचार प्रकाशन हुनु तथा गुनासो हुनुको कारण सोधिएको छ।

बिओपी मातहतमा फर्वाड बेस क्याम्प तथा प्रयाप्त जनशक्ति हुँदा पनि चोरी पैठारी नरोकिनुको कारण सोधिएको छ, भने अन्तराष्ट्रिय सिमानाका पुर्ण रुपमा बन्द गर्ने सम्बन्धि स्पष्ट आदेश भए पनि बर्खिलाप गर्नु पर्ने कारण सहित विभिन्न प्रश्नहरु सोधिएको छ। 

बिओपीमा डिउटीमा पटक पटक लापरबाही गर्ने तथा सँगठनको निति बिपरीत क्रियाकलापमा संगलन स. प्र.क. हरुलाई नियमाअनुसार कार्वाही गरी जाहेर गर्न भनिएको आदेश सम्पुर्ण बिओपिहरुलाई प्रदान गरिएकोले प्रहरी निरीक्षक फ्युयालले त्यसो नगरेकोले २४ घण्टा भित्र सन्तोषजनक जवाफ माँग गरीएको श्रोतले जनाएको छ। 

कोभिडको दोस्रो चरणको महामारीले बारामा झण्डै एक महिना भन्दा बढि निषेध आदेश जारी रहिरहेको अवस्था छ। गृह मन्त्रालयको निर्देशन अनुसार कोभिडको महामारी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सिमानाका पुर्ण रुपले बन्देज गर्न भनिएको छ। सिमानाकाबाट हुने चोरी पैठारीलाई पुर्णरुपमा निस्तेज गर्नु पर्नेछ।

त्यसको लागि आवश्यकता अनुसार जनशक्ति तथा साधन श्रोत हुँदा पनि सन्तोषजनक परिणाम नआएको पनि स्पष्टीकरणमा उल्लेख गरिएको पनि श्रोतले जनाएको छ। 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);