सीमामा ३ किलोमिटरको फरकमा सशस्त्रको बिओपी स्थापना हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सीमामा ३ किलोमिटरको फरकमा सशस्त्रको बिओपी स्थापना हुँदै

वीरगञ्ज, १९ भदौ । सशस्त्र प्रहरी बलले नेपाल भारत को खुल्ला सिमानामा कडाइ गर्न पर्सा र बारा जिल्लामा ३ देखी ५ किलोमिटरको फरकमा बिओपी स्थापना गर्न सुरु गरेको छ ।

शुक्रबार बिहान मुख्य नाका वीरगञ्जको इनरुवामा सशस्त्र प्रहरी बलको बिओपी स्थापना भएको छ । सशस्त्र प्रहरी बल प्रदेश नं २ को प्रमुख डिआइजी कृष्ण भक्त व्रहम्चार्यले बिओपीको उदघाटन गर्नुभएको छ ।

डिआइजी व्रहम्चार्यले ६१ वटा नयाँ बिओपी स्थापना गर्ने बताउनु भएको छ । कोरोना कहरमा भारतबाट अवैध आगमन रोक्न पहिलो चरणमा १२ वटा बिओपी स्थापना गर्न लागेको बताउनु भयो ।

सीमामा हुने तस्कर र अवैध आवागमन रोक्न सशस्त्र प्रहरी बल प्रदेश २ का डिआइजी व्रहम्चार्य खुल्ला सीमाको स्थलगत निरीक्षण गर्न दैनिक रुपमा प्रदेशको कुनै न कुनै जिल्ला पुगी रहनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);