१ लाख ८१ हजार रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१ लाख ८१ हजार रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ

कञ्चनपुर, ९ कार्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ८१ हजार रुपैयाँ सहित ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

शनिबार साँझ विपिन चन्दको घरमा जुवा खेलिरहेका शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जय बहादुर धानुक, वडा नम्बर ७ का नर बहादुर कुवँर तथा कृष्णपुर नगरपालिका वडा नम्बर २ का सुमन भण्डारी, वडा नम्बर ५ का यज्ञराज पाण्डेय र वडा नम्बर १ का दमन चन्दलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सबै जनालाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखिएको र उनीहरुमाथी जुवा ऐन अन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);