तिल्केवासीको नियित: पानी परेपछि घर छोडेर अस्थायी टहरामा आश्रय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तिल्केवासीको नियित: पानी परेपछि घर छोडेर अस्थायी टहरामा आश्रय

उदयपुर। कटारी नगरपालिका– १० सोरुङ्ग तिल्केचौरका स्थानीय अस्थायी टहरामा वस्न थालेका छन् । जमिन नै भासिएर पहिरोको उच्च जोखिममा रहेका तिल्केवासी वर्षा सुरु भएपछि ज्यान जोगाउन अस्थायी टहरामा बस्न थालेका हुन् । त्यहाँ १७ घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । १७ घरमध्ये ११ घरपरिवार टहरामा र अन्य सदस्य आफन्तका जाने गरेका छन् ।‘पानी परेपछि टहरामा बस्नुहुन्छ ’वडाध्यक्ष खड्काले भने । बस्तीभन्दा ५ सय मिटरमाथि  अस्थायी टहरा निर्माण गरिएको छ ।

कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा प्राप्त सामाग्रीबाट स्थानीय आफैले  सुरक्षित स्थानमा टहरा निर्माण गरेको  वडाध्यक्ष खड्काले बताए । स्थानीयका अनुसार गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परेकाले जतिबेला पनि पहिरो जाने खतरा छ । आईतबारदेखि गाउँलेहरू पानी नपर्दा गाउँघरमा रहे पनि पानी परेपिछ टहरामा बस्ने गरेका छन् । गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान खतरामा रहेको तिल्केवासी बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);