डोटीमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

डोटीमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

bhalu akraman

डोटी । डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनका ५० वर्षीय नरबहादुर खड्कालाई मंगलबार बिहान घर नजिकै भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बिहानै पिसाब फेर्न घर बाहिर निस्किने क्रममा भालुले आक्रमण गरेको परिवार स्रोतले जनाएको छ। भालुको आक्रमणबाट खड्काको टाउको, नाक, कानमा गहिरो चोट लागेको छ।

उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको भए पनि उपचार हुन नसक्दा थप उपचारका लागि उनलाई धनगढी रेफर गरिएको छ। उक्त क्षेत्रमा भालुको त्रास बढ्दै आएको छ। यसभन्दा पहिला पनि पटक पटक स्थानीयहरुलाई भालुले आक्रमण गर्दै आएको थियो।

Leave a Reply