बारामा जंगली हात्तीको आक्रमणबाट कृषककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

बारामा जंगली हात्तीको आक्रमणबाट कृषककाे मृत्यु

बारा । शुक्रबार बिहान जंगली हात्तीको आक्रमणबाट बारामा एक जना कृषकको मृत्यु भएको छ ।

बारा जिल्लाकाे कलैया उपमहानगरपालिका वडा नं.२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेल हात्तीको आक्रमणबाट मृत्यु भएको।

खेतमा बिहान काम गरिरहेका पटेललाई करिब पौंने आठ बजे जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो ।

गम्भीर घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

जङ्गल क्षेत्रबाट करिब १५/१६ किलोमिटर टाँढा सदरमुकाम कलैया नजिक आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply