जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१३ स्थित चारआली निवासी ७१ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान ३ बजे कार्कीको घरमै अन्न खान आएका हात्ती धपाउने क्रममा उनलाई हात्तीले कुल्चिएर गम्भीर घाइते बनेका थिए । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो।

उनको बिहान ९ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिप्रकाले जनाएको छ । कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ। केही दिनअघि मात्र जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ निवासी ६३ वर्षीय गणेशबहादुर अधिकारीको मृत्यु भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);