चितवनमा जंगली हात्तीको आक्रमणबाट २८ बर्षीय युवाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चितवनमा जंगली हात्तीको आक्रमणबाट २८ बर्षीय युवाको मृत्यु

चितवन । पुर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एक युवाको जनाको ज्यान गएको छ । राप्ती नगरपालिका १ घलान चोकका २८ वर्षीय सागर लामाको
जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

घर नजिकैको रहेको ड्याम साइडमा शनिबार राति ८ बजे दुई जना साथीसँगै घुम्न निस्केका उनलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमण बाट सम्पर्क विहिन बनेका लामाको विहान मकवानपुरको मनहरि गाउँपालिका ६ खयरघारीमा रहेको लोथर खोलाको पारी पट्टी शव भेटीएको चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापा जानाकारी दिए । हात्तीको आक्रमणबाट उनको साथिहरु कृष्ण लामाको खुट्टामा चोट लागेको छ भने अर्का शक्ति गुरुङ सकुशल रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);