जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापा, ७ माघ । जंगली हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा नगरपालिकाकी ३२ वर्षीया सीता पराजुली रहेको प्रहरीले जनाएको छ ।

सुन्दरहरैचा–१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा उनी घाईते भएकी थिइन् । जंगलमा घाँसदाउरा गर्न गएकी पराजुलीलाई मंगलबार बिहान सवा १० बजेको समयमा जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको थियो ।

त्यसपछि गंभीर घाइते भएकी पराजुलीलाई उपचारको लागी कोशी अस्पताल विराटनगर लगिएको थियो । पराजुलीको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार