कोभिड नियन्त्रण अभियान स्कूल–स्कूलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोभिड नियन्त्रण अभियान स्कूल–स्कूलमा

शम्भू माली
कपिलबस्तु, ७ माघ ।
कोभिड-१९ अर्थात कोरोना भाइरसको जोखिमकै बिचमा विद्यालय सुचारु हुँदा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड नियन्त्रण अभियान सुरु गरिएको छ । कपिलबस्तुका दक्षिणी क्षेत्रका विद्यालयहरुमा बिशेष गरि गरिब, असहाय, दलित, मुस्लिम समुदायका विद्यार्थीहरुलाई मास्क बितरण गरिएको हो ।

अभियानकै क्रममा मंगलबार कपिलबस्तु नगरपालिका वडा नम्बर २, बर्दहवा स्थित श्री गौतमबुद्ध प्राथमिक विद्यालयमा लक्षित बालबालिकालाई ५ सय थान मास्क वितरण गरिएको छ ।

विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मुक्तार अहमद खांको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक सुजाता सुवालको संचालनमा भएको कार्यक्रममा उक्त सामग्री वितरण गरिएको हो । लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अन्र्तगत उक्त मास्क बिद्यालयमा हस्तान्तरण गरिएको हो ।

जोखिमकै बिचमा विद्यालय संचालन गर्दा बिद्यार्थीहरुको स्वास्थ्य संकट झन् बढ्दै जाने संभावनालाई न्यूनिकरण गर्ने अभिप्रायले बिद्यालयमा कोभिड नियन्त्रण सामग्री बितरण गरिएको कार्यक्रमका संयोजक ज्ञवालीले बताउनुभएको छ । उहाँले अन्य विद्यालयमा समेत कोभिड भाइरस नियन्त्रण सामग्री बितरण गरिने अभियान जारी रहने समेत जानकारी दिनुभयो ।

विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष खांले बिद्यालयमा नियमित सहयोग उपलब्ध गराइएको प्रति कार्यक्रम आयोजकलाई आभार प्रकट गर्नुभयो । शिक्षा र समाजसेवाप्रतिको लगाव आयोजकपक्षको अझै बढ्दै जानुपर्नेमा समेत उहाले आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);