तनहुँ । लगातारको वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्काएको छ ।
मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा नगरपालिका–१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका–२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो ।
पुलको केही भागमा नदीमा नै डुवेको छ । बाढीले तनहुँको एक्लेफाँटतर्फ पुलको जिप राखेको जमिन नै भाँसिन थालेपछ पुलको दुवै पोल नदीमा पुगेको स्थानीय प्रशासनले जनाएको छ । जमिन भाँसिने क्रम अझै नरोकिएकाले एक्लेफाँट र गोप्लिङ बस्ती जोखिममा रहेको बताइएको छ ।
पुल भत्किएपछि स्थानीयलाइ आवतजावतमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भने हाल सो क्षेत्रमा आवतजावतमा रोक लगाएको जानकारी दिएको छ ।




