साउन २१ , काठमाण्डौ । अबिरल वर्षासँगै फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवाको नाका जोड्ने ऐतिहासिक झोलुगे पुल बगाएको छ । बाढीले गर्दा एक दर्जन भन्दा बढि घरहरु जोखिममा परेका छन् ।
नुवाकोट साविक गेर्खु ९ र रसुवाको लहरेपौवा १ अवस्थित वेत्रावतीमा रहेको बाढीले सो पुलको जगको पिल्लरमा क्षति पु¥यापछि नुवाकोट तर्फको पुल भत्किएको हो । झोलुगें पुल चुडिएपनि नजिकै रहेको पक्कि पुलबाट आवत जावत भइरेहेको स्थानिय बताउछन् ।
स्कटल्यान्ड सरकारको सहयोगमा वि. सं २००४ मा निमार्ण भएको सो पुल नेपाल र चिनको पैदल मार्ग बिस्तार गर्न सहयोग गरेको थियो , जसको कारण नेपालको रसुवागढी र चिनको केरुङ बजार आयात निर्यात राम्रो भएको र व्यापार फस्टाएको स्थानियको भनाई छ ।




