डम्पिङ साइड बन्दै बाराको जितपुर सडक किनारा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

श्याम गुप्ता , साउन २१ , काठमाण्डौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका कार्यालयले फोहोर व्यवस्थापनका लागि ठाउँ नभएको भन्दै जथाभावी फोहोर फाल्ने गरेको छ । यसले नगरको सौन्दर्यमा मात्र असर परेको छैन, दुर्गन्धसमेत बढेको छ ।

मुख्य सडक किनारालाई उपमहानगरपालिका कार्यालयले डम्पिङ साइटका रुपमा प्रयोग गर्न थालेपछि स्थानीयबासी र यात्रुहरुले सास्ती पाउन थालेका छन् । जितपुर सिमरा उपमहानगरपालिका कार्यालयले भने मुख्य बजार जितपुर र सिमरामा दैनिक उत्पादन हुने फोहोर बकुलियामा फाल्न स्थानीयले अवरोध गरेपछि समस्या भएको जनाएको छ । तर, उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको ठेक्का पाएको नेपाल क्लिन एन्ड ग्रिन सिटी प्रालिलाई सडक किनारामा फोहोर फाल्न अनुमति नदिइएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिल्लीराज बेल्वासेले बताउनुभयो ।

तर नेपाल क्लिन एन्ड ग्रिन सिटीका प्रमुख विजय कुशवाहाले भने बकुलियामा रहेको डम्पिङ साइटमा अवरोध भएपछि उपमहानगरपालिका कार्यालयले नै रातोपुलमा फोहोर फाल्न अनुमति दिएको बताउनुभयो । उहाँले जितपुरका व्यापारी, स्थानीय र उपमहानगरपालिका कार्यालयले नै रातोपुलमा फोहोर फ्याँक्न आग्रह गरेको दाबी गर्नुभयो । जथाभावी फोहोर फल्दा दुर्गन्ध त बढेको छ नै, विभिन्न रोगको महामारीसमेत फैलिने चिन्ता स्थानीयमा बढेको छ । यसका लागि सम्बन्धित निकाय बेलैमा सचेत बन्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);