काठमाडौं, १५ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ र चितवन जोड्ने मुग्लिनको त्रिशुली नदी माथि निर्माण गरिएको ‘आर्कब्रिज सञ्चालनमा आएको छ ।
उक्त पुल निर्माणको कार्य सकिएसंगै संचालनमा आएको हो । सो पुल नेपाली प्राविधिकले बनाएको नौलो प्रविधिको पुल हो । उक्त पुलको आयु ८० वर्ष रहेको छ ।
१२ करोडको लागतमा पुल निर्माण सकिएको हो । मुग्लिन पुल भएर दैनिक २० हजार साना ठूला सवारी आउजाउ गर्ने अनुमान गरिएको छ ।
१सय ६० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल दुई लेनको रहेको छ । ११ मिटर चौडाइ मध्ये साढे सात मिटरमा सवारी साधन र ’दायाँबायाँ दुई मिटर फुटपाथका लागि प्रयोग हुनेछ ।
नयाँ पुल सञ्चालनामा आएसँगै सवारी आउजाउ सहज भएको छ भने गण्डकी प्रदेशका मात्र १० जिल्लाका स्थानीयलाई पनि आवतजावतमा सजिलो हुनेछ ।




