जुम्ला बजारमा भालुको आक्रमणबाट दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जुम्ला बजारमा भालुको आक्रमणबाट दुई घाइते

जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा आज बिहान एक भालुले आक्रमण गर्दा दुई जना घाइते भएका छन् ।

चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजेपछि भालुले आक्रमण गरेको प्रत्यक्षदर्शी देबेन्द्र कार्कीले नासोलाई जानकारी दिए ।

भालुको आक्रमण बाट एक दम्पती परिवार घाइते भएका हुन् । खलंगा बजारमा व्यवसाय गर्दै आएका हेमराज रोकाया र उनकी धर्मपन्ती निर्मला रोकाया भालुको आक्रमण बाट घाइते भएको प्रत्यक्षदर्शी कार्किले बताए । घाइते दुबैको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

घाइते निर्मला रोकायको अनुहारमा चोटपटक लागेको छ भने हेमराजको टाउको र ढाडमा चोट लागेको कार्किले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);