आजदेखि उपत्यकामा बेलुकी ८ बजेपछि गाडी सञ्चालनमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजदेखि उपत्यकामा बेलुकी ८ बजेपछि गाडी सञ्चालनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ ।

कोरोना संक्रमण जोखिम बढेको भन्दै उपत्यकाका तीनै वटा जिल्लाका प्रशासन कार्यालयहरुले बेलुकी आठ बजेपछि गाडी चलाउनमा रोक लगाएको हो । गएको मंगलबार बसेको बैठक अनुसार उपत्यकामा ८ बजेपछि अत्यावश्यक सेवाका सवारी मात्र सञ्चालन गर्न पाइने छ ।

साथै ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साथनहरुलाई पनि ८ बजे पछाडि सञ्चालनका लागि अनुमति दिइएको छ भने अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयले बिहीबार देखि थप कडाई गर्दै भदौ ८ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ ।

यसअघि जस्तै निषेधाज्ञामा कुनै पनि प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस लगायतका भिडभाड हुने कार्यक्रमहरुमाथिको निषेध यथावत रहेको छ ।

खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने पनि निर्णयमा उल्लेख गरिएको छ । शैक्षिक संस्थाहरूको हकमा पनि अहिले भौतिक उपस्थितिमा पठनपाठनमा लगाएको रोक पनि यथावत नै रहेको छ ।

रेष्टुरेन्ट तथा फास्टफुड, अनलाइन अर्डर र टेकअवेका सेवाहरुलाई पनि साँझ ७ बजे सम्मलाई अनुमति दिइएको छ । औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरू जुनसुकै समयमा सञ्चालन गर्न पाइने छ भने अन्य पसल तथा व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);