निषेधाज्ञाको पहिलो दिन, उपत्यकामा १५ सय भन्दा बढि सवारी साधन प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निषेधाज्ञाको पहिलो दिन, उपत्यकामा १५ सय भन्दा बढि सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडाैं । उपत्यकामा सरकारले गरेको निषेधाज्ञा उलंघन गर्ने १५ सय भन्दा बढि सवारी साधान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारले नयाँ भेरिएन्टको कोरोन भाइरस तीव्र गतिमा फैलिएको भन्दै विहिबार देखि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरेसंगै उपत्यकका तिनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी १५ सय भन्दा बढि सवारी साधन नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका सवारी साधन अब उप्रान्त सरकारले तोकेको मापदन्ड विपरित काम नगर्ने सर्तमा बेलुका ५ बजेपछि सवारी धनिलाई फिर्ता गरिने ट्राफिक प्रहरीका , प्रहरी प्रवक्ता एसपी श्याम कुमार अधिकाले बताए ।

उनले भने, प्रहरी प्रशासनले उपत्यकाका तिनै जिल्लाका नाकामा निगरानी बढाएको छ, । त्यस्तै अत्यावश्यक काम भन्दा बाहेक घर बाहिर निस्कने ब्यक्तिलाई समेत नियन्त्रण लिई थप कारबाही गरिएको बताएका छन्।

त्यस्तै, हिजो यात्रुहरु लिएर गाउँ गएका गाडीहरु फर्किरहेकामा चालक र सहचालक मात्रै प्रवेश गर्ने अनुमति दिएको एसपी अधिकारीले बताएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);