चर्को भाडा लिई यात्रु ठगी गर्ने बिरुद्ध प्रहरीले बढायो सक्रियता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चर्को भाडा लिई यात्रु ठगी गर्ने बिरुद्ध प्रहरीले बढायो सक्रियता

gadi banda

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को भाडा लिई यात्रु ठगी गर्ने बिरुद्ध सक्रियता बढाएको छ । ट्राफिक प्रहरीको बिशेष अपरेसन टोलीले नयाँ बसपार्क र कंलकीबाट बुधबार मात्र यात्रु ठगी गर्ने १० जनालाई नियन्त्रणमा लिएको हो ।

माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका बर्ष ३३ को लेख बहादुर गुरूङ, स्याङजाकै बर्ष १८ को सौगात सुनार, कास्की पोखराका बर्ष २३ को सन्तोष सुनार, सिन्धुपाल्चोकका बर्ष २३ को विज्ञान माझी र धादिङका बर्ष २९ को निराजन सापकोटालाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै कंलकीबाट धादिङका बर्ष ३३ को पूर्ण बहादुर गन्द्रमा मगर, प्यूठानका बर्ष २६ को पदम गिरी, धनुषाका बर्ष २६ को रबि आले मगर, सल्यानका बर्ष २६ को खुमराज बि.क. र नवलपारासीका वर्ष ३२ को दिपक काफ्लेलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप कारबाही गरेको जनाएको छ ।

अत्यावश्यक परि उपत्यका बाहिरका जिल्ला जान चाहने यात्रुहरुसंग चर्को भाडा र शुल्क असुल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन् पक्राउ परेका ती व्यक्ति र सवारी साधनहरू थप कारबाहीको लागी प्रहरी बृत्त, नयाँ बसपार्क र कंलकी बुझाएको महाशाखाले जनाएको छ ।

तोकिएको भन्दा बढि भाडा लिएमा नजिकको प्रहरी वा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);