पहिरोको डरले रातभर जागा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

पहिरोको डरले रातभर जागा

pahiro

काठमाडौं, २६ साउन । बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँ पहिरोको जोखिममा परेको छ। गाउँ माथिबाट पहिरो बग्न थालेपछि अन्द्राडीका ४२ परिवार रातभर जागा बस्नुपरेको स्थानीय धनबहादुर बोहराले बताए ।

राति सुतेका बेला गाउँमाथिबाट पहिरो बग्न थालेपछि अन्द्राडीका स्थानीय रातभर जागा बस्नु परेको हो । मानवीय क्षति नभए पनि स्थानीयले लगाएको अन्नबाली, गाईवस्तु बाँध्ने गोठ सबै बाढीले बगाएको छ । ‘पहाडै पहाडको बीचमा फोन सेवा छैन । पहिरो गएको तीन दिनपछि थाहा पाइयो’, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले भनिन् । पहिरो गएको थाहा पाएपछि उपाध्यक्ष सीता थापाको नेतृत्वको टोली अन्द्राडी पुगेको उनले जानकारी दिइन् ।

भिरालो ठाउँमा बस्ती भएकाले स्थानीयलाई सुरक्षित स्थानमा बसाउन नसकिएको उनले बताइन् । गाउँ कार्यपालिकाको शुक्रबारको बैठकले पहिरोेको उच्च जोखिममा रहेका बस्ती सार्न संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरेको छ । गाउँको बीचमा पहिरो आएपछि गाउँ दुई भागमा विभाजन भएको छ । खानेपानी, बाटोघाटो बन्द छन् । विद्यार्थी र वृद्धवृद्धालाई समस्या भएको स्थानीय हिक्मत रोकायाले बताए ।

साउन १७ गते गौमुल गाउँपालिका–६ टुनीको शान्ति टोलमा पहिरोमा परी ३० वर्षकी निरुता चदारा र ६ वर्षकी उनकी छोरी किस्मिताको मृत्यु भएको थियो भने ९१ वर्षका जंगे चदारा गम्भीर घाइते भएका थिए । शान्ति गाउँमा ५० बढी परिवार बसोवास गर्छन्। बसोवास गर्ने सबै परिवार दलित हुन् । उनीहरू सबैको साझा समस्या भनेको पहिरो बनेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पनि खासै योजना बनाएको छैन। जिल्लाको ७० प्रतिशतभन्दा बढी जमिन पहिरोको उच्च जोखिममा छ । यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);