अबैध कुखुराको चल्ला नष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

अबैध कुखुराको चल्ला नष्ट

kukhura

काठमाडौं, २६ साउन । सिरहा नगरपालिका वडा नम्बर – १९ स्थित अरहामा भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउदै गरेको करीब २४ सय अबैध ब्रोइलर कुखुराको चल्ला शसस्त्र प्रहरी सिरहाले बरामद गरी नष्ट गरेको छ ।

शसस्त्र प्रहरी बल सिरहाबाट डिएसपी योगेश दहालको कमान्डमा खटिएको प्रहरी टोलीले १ लाख २० हजार मुल्य बराबरको २४ काटुन करीब २४ सय ब्रोइलर कुखुराको चल्ला बरामद गरेको हो । तस्करहरुले टाउकोमा काटुन बोकी ल्याउदै गर्दा उक्त कुखुराको चल्ला बरामद गरेको हो ।

तस्करले प्रहरीलाई हेर्दा चल्लाको काटुन छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद भएको कुखुराको चल्लाआबशयक कारवाहीको लागि जिल्ला पशु क्वारेनटाइन कार्यालय सिरहामा बुझाइ क्वारेनटाइन पधिकारी र स्थानीय प्रतिनिधिको रोहवरमा शसस्त्र प्रहरी नं. ७ गण हेडक्वाटर सिरहाको हाता भित्र खालडो खनी नष्ट गरेको शसस्त्र प्रहरी नं. ७ गण हेडक्वाटर सिरहाले जनाएको छ । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);