भारतबाट तस्करी गरी ल्याउँदै गरेको अवैध चल्ला नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतबाट तस्करी गरी ल्याउँदै गरेको अवैध चल्ला नष्ट

पर्सा, १६ फागुन । प्रहरीले भारतबाट तस्करी गरी ल्याउँदै गरेको अवैध चल्ला नष्ट गरेको छ ।

पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार बिहान बिरगंज महानगरपालिका वडा नं. २७ रामपुर नहरमा अवैध चल्ला नष्ट गरेको हो ।

भारतबाट चोरी तस्करी गरी ल्याउँदै गरेको अबस्थामा २३ कार्टुनमा रहेको २३०० पिस कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको हो ।

आवश्यक कारवाहीको लागी पशु पक्षि क्वारेन्टाईन कार्यालय बिरगंज, पर्सा बुझाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता मनोजित कुँवरले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);