अबैध कुखुराका चल्ला सहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अबैध कुखुराका चल्ला सहित तीन जना पक्राउ

बारा, १७ माघ । बारा जिल्ला स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प जीतपुरले अबैध रुपमा भारतबाट ल्याउँदै गरेका कुखुराको चल्ला सहित तीन जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीवार बिहान चेकजाँचका क्रममा भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद् गरी नष्ट गरेको हो ।

विशेष सूचनाको आधारमा खटेको सशस्त्र प्रहरीको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७, बाट करिब तीन लाख बराबरको चल्ला पक्राउ गर्न सफल भएको जीतपुरका सशस्त्र प्रहरी निरीक्षक रामबहादुर बस्नेतले जानकारी दिए । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ट्रक, मोटरसाईकल र ३ जनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);