७ हजार बढी कुखुराका चल्लासहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

७ हजार बढी कुखुराका चल्लासहित चार जना पक्राउ

कञ्चनपुर, ५ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट सशस्त्र प्रहरीले ७ हजार भन्दा धेरै कुखुराका चल्ला सहित चार जनालाई पक्राउ गरेको छ ।

अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुधबार बिहान ७ हजार ६ सय कुखुराका चल्ला सहित चार जनलाई पक्राउ गरेको हो ।

बरामद गरिएका ७ हजार कुखुराका चल्लाको मूल्य ६ लाख ८४ हजार बराबरको रहेको छ । कुखुराका चल्ला ल्याउन प्रयोग गरिएको चार वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);