कालीमाटी तरकारी बजार खुल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कालीमाटी तरकारी बजार खुल्यो

tarkari kalimati

काठमाडौं, ६ भदौ । अनुगमनको क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार आजदेखि खुलेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुव्र्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो ।

व्यापारी विष्णु कँडेलका अनुसार व्यापारी र सरकारी अनुगमन टोलीबीच गत सोमबार विवाद भएपछि बन्द बजार आजदेखि खुलेको हो । तर, पनि पहिलेको जति चहलपहल भने हुनसकेको छैन् ।

यसअघि दैनिक साढे ५ सय टनसम्म तरकारी तथा फलफूल भित्रिने गरेको थियो । आज भने करीब चार सय टन मात्र आएको व्यापारी कँडेलले बताए । पछिल्लो समय सरकाले बजार अनुगमन दैनिक रुपमा नै गर्दै आएको छ ।

अनुगमन टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायत जिल्लामा पुगी किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो । किसानले पाउने मूल्यको चार गुणा बढीसम्म व्यापारीले उपभोक्ताबाट रकम लिने गरेकोले अनुगमनको क्रममा पाइएको थियो ।

अनुगमन टोलीलाई विरोध गर्न मुख्यभूमिका खेलेको भन्दै फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको थियो । सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मङ्गलबार अबेर मात्र आन्दोलन फिर्ता लिएका थिए ।

अनुगमन जानकारी बिनानै गर्ने र अब गरिने जुनसुकै क्षेत्रको अनुगमनमा विरोध गरे सरकारले कारवाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);