चाडपर्व नजिकिएसँगै सुनमा कालोबजारी शुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

चाडपर्व नजिकिएसँगै सुनमा कालोबजारी शुरु

gold mahila

काठमाडौं, ६ भदौ । बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ ।

आज प्रकाशित नागरिक दैनिकका अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् ।

सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । समाचारमा भनिएको छ, बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ । नागरिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);