कालिमाटी फलफूल तथा तरकारी बजार क्षेत्रमा तनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कालिमाटी फलफूल तथा तरकारी बजार क्षेत्रमा तनाव

kalimati fruita n vegitable

काठमाडौं, ४ भदौ । कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमनका लागि व्यापारीले अबरोध गरेपछि तनाव भएको छ । सोमबार बिहानै अनुगमनका लागि पुगेको सरकारी टोलीमाथि व्यापारी र विचौलियाले अभद्र व्यावहार समेत गरेका छन् ।
सोमबार एकाबिहानै सरकारी अनुगमन टोली कालिमाटिस्थित फलफुल तथा तरकारी बजारको अनुगमनमा पुग्यो । बिहान करिब ३ बजेतिर बजार अनुगमन टोलीले बिलविजक नभएका दुई ट्रक तरकारी नियन्त्रणमा लिएसँगै कालिमाटी बजार तनावग्रस्त बनेको थियो । अनुगमनमा पुगेका सरकारी टोलीलाई व्यापारीहरुले नियन्त्रणमा लिएर उनीहरु विरुद्व चर्का नाराबाजी गरे ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी र व्यापारीहरुबीच ट्रक नियन्त्रणका विषयमा विवाद भयो । तरकारी बोकेर आएका बा ६ च ९६४ र ना ४ च ६६३४ को सवारीको आवश्यक कागजपत्र नभएपछि अनुगमन टोलीले नियन्त्रणमा लिएपछि सुरु भएको विवादले उग्र रुप लियो । व्यापारीले अनुगमन टोलीलाई केही समय बन्द कोठामा थुनिदिए । व्यापारकिासामु निरिह बनेको सरकारी अनुगमन टोलीलाई प्रहरी पुगेर उद्दार गर्नुपरेको थियो ।

बिलबिजक नभएका दुईवटा ट्रकहरू नियन्त्रणमा लिएर सुधपुछ गर्दा व्यापारीबाट यस्तो आतंक मच्चाउने काम भएको भन्दै अनुगमन टोलीले उनीहरुमाथि थप छानबिन हुनुपर्ने बताएको छ । तरकारी बजारमा पुगेर अनुगमन गर्ने र बजारलाई व्यवस्थीत बनाउने अभियानको कालीमाटीका व्यापारीहरु नै बाधक भएको अनुगमन टोलीको आरोप छ ।

व्यापारहिरुले भने सरकारले विचौलियाको नाममा आफुहरुको व्यावसाय धराशायी बनाउको आरोप लगाएका छन् । उनीहरुले सरकारले आफुहरुलाई आतंकीत पारेको आरोप समेत लगाएका छन् । व्यापारीहरुले सरकारी टोलीले नियन्त्रणमा लिएको ट्रकको तरकारीकोे क्षतिपुर्ति उपलब्ध गराउन पनि माग गरेका छन् । किसानले पठाएको तरकारीको क्षतिपुर्ति नदिइए गरिब किसान मारमा पर्ने भन्दै व्यापारीहरुले दुई ट्रक तरकारीको मुल्य उपलब्ध गराउन सरकारी टोलीसँग माग समेत गरेका थिए ।
काठमाडौं आइपुग्दा त्यसको मूल्य तेब्बरभन्दा बढी भएको निश्कर्ष सरकारी टोलीको छ । पछिल्लो समय सरकारले कालिमाटी फलफुल तथा तरकारी बजारलाई व्यवस्थीत बनाउने भन्दै अनुगमनलाई निरन्तरता दिएपछि व्यापारीहरु विरोधमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);