किसानसँग ३५ रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

किसानसँग ३५ रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री !

tarkari

काठमाडौं, ५ भदौ । कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो । तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन । बजारका स्टलमा तरकारीको भाउ बुझ्दै हिँड्दासम्म कुनै समस्या थिएन । जब तरकारी बोकेको एउटा ट्रकसँग बिलबिजक मागियो, अनि लफडा सुरु भयो ।

ट्रकले बिलबिजक देखाएन । अनुगमन टोलीले ट्रकमा भएको फर्सी र काँक्रा बेच्न रोकिदियो । एकैछिनमा व्यवसायी अनुगमन टोलीविरुद्ध उर्लिए । उनीहरूले अनुगमन सदस्यलाई कालिमाटीमै थुन्नेसम्मको प्रयास गरे । प्रहरीले टोलीलाई थुनिनबाट जोगायो, दुई व्यवसायीलाई पक्राउ गर्यो ।

यति लफडा हुँदासम्म बिहानको १० बजिसकेको थियो । साढे १० बजेतिर मन्त्री मातृका यादव, मन्त्रालयका सचिवलगायतको टोली पनि पुग्यो । अनुगमनलाई निरन्तरता दिए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);