ठाउँ ठाउँमा पहिरो खस्दा पासाङल्हामु राजमार्गको रसुवागढी–त्रिशुली खण्ड अबरुद्व | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ठाउँ ठाउँमा पहिरो खस्दा पासाङल्हामु राजमार्गको रसुवागढी–त्रिशुली खण्ड अबरुद्व

rasuwagadi naka

काठमाडौं, ४ भदौ । निरन्तरको वर्षासँगै आएको पहिरोले पासाङल्हामु राजमार्गको रसुवागढी–त्रिशुली खण्डका विभिन्न स्थानमा सडक अबरुद्व हुँदा सयौं कन्टेनर अलपत्र परेका छन् ।

वर्षाले कारण पासाङल्हामु राजमार्गका विजभिन्न स्थानमा पहिरो र बाढीले गेर्खुस्थित पुल बगाएपछि उत्तरी नाका केरुङबाट सामान लिएर आएका सयौं कन्टेनर अलपत्र परेका हुन् । सडक विच्छेद भएसँगै व्यापारीले चीनबाट आयात गर्न लागेका अर्बौंका सामग्री रसुवागढी नाकामा रोकिएका छन् । चाडपर्वलाई लक्षित गरेर चीनबाट मगाइएको सामान बाटोमा रोकिएको हो ।

रोडीमेड कपडा, जुत्ता–चप्पल, इलेक्ट्रिक उपकरण, स्याउ, लसुन, अदुवालगायतका अबौँ रुपैयाँका सामग्री केरुङ आइसकेको र सडक अवरुद्ध भएपछि ढुवानी गर्न नपाउँदा एक हजार टिपभन्दा बढी ती सामग्री बिच बाटोमा रोकिएको हो । आइतबार मात्रै राजमार्गको गेर्खुस्थित पुल बगाएपछि चिनसँगको एकमात्र अन्तर्राष्ट्रिय स्तरको नाकासँग सम्पर्क विच्छेद भएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय रसुवाले पहिरो पन्छाएर सडक सुचारु ग्र्ने प्रयास जारी रहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);