जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कार्वाही गर्ने आईक्यानको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कार्वाही गर्ने आईक्यानको चेतावनी

काठमाडौं, १७ माघ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

आईक्यानका कार्यकारी निर्देशक संजयकुमार सिन्हाले जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालगंज धनघढी लगायतका ठाउँमा गैरकानुनी ढंगले लेखा परीक्षणको काम गरिएको पाइएको उल्लेख गर्दै अनुगमनको काम सुरु गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले लेखा परीक्षणको कामलाई विश्वसनीय बनाउन आफूहरु लागि परेको बताए । उनले सरकार र महालेखा परीक्षकको कार्यालयले पनि लेखा परीक्षणको कामलाई अझै पारदर्शी बनाउन पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

आईक्यानले लेखा परीक्षणको कामलाई अझै पारदर्शी बनाउन सबै लेखा परीक्षकहरुलाई कोर्ड नम्बर वितरण गर्ने योजना पनि अघि सारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);