डोजरे विकासले तिब्रता पाउँदा पहिरोको जोखिम बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डोजरे विकासले तिब्रता पाउँदा पहिरोको जोखिम बढ्दै

pahiro baglung

सुवास आचार्य
बाग्लुङ, ३ साउन । पछिल्लो समय गाउँगाउँमा सडक पु¥याउने नाममा डोजरे विकासले तिब्रता पाउँदा बर्षाको समयमा पहिरोको जोखिम बढेको छ । सम्भाव्यता अध्ययन तथा सर्वेक्षण विनै पहाडी क्षेत्रमा डोजरे विकासले तिब्रता पाउँदा बाग्लुङमा पनि सडक खन्ने होडबाजीले सामान्य बर्षामा पनि पहिरो आउने गरेको छ । यसबाट स्थानीयको घरगोठ र धान रोपेको खेत समेत बगरमा परिणत गरिदिएको छ ।

गाउँ गाउँमा मोटर चढ्नको लागि लाखौं रूपैयाँ खर्चेर खनिएको सडकमा लगातारको वर्षा पछि पहिरो जाँदा बागलुङको जनजीवन प्रभावित भएको छ । बाग्लुङ नगरपालिका भित्र जथाभावी रूपमा डोजर लगाएर खनिएका सडक पहिरोले बगाएपछि सडकमा आवतजावत गर्न सकस भएको छ । बाग्लुङ नगरपालिका वडा नम्बर ३, ८ र ९ मा लगातारको वर्षा संगै पहिरो गएपछि स्थानीयको घर गोठ बगाएको छ भने धानखेत समेत बगरमा परिणत भएको छ । गाउँगाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षणविनै खनिएका सडकले पहिरोको जोखिम निम्त्याउन थालेको स्थानीयवासीको भनाई छ ।

डोजर चालकको डिजाइन र नक्सांकनले सडक निर्माण हुने गरेको कारण पहिरोको जोखिम बढेको छ । प्राविधिक र वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको छ । सडक निर्माणमा चलेको होडबाजीले गाउँगाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा पहिरोको जोखिम बढेको बाग्लुङ नगरपालिकाले जनाएको छ ।

यहाँका राजनीतिक दल तथा विभिन्न जनप्रतिनिधिले चुनावको समयमा गाउँगाउँमा सकड पु¥याउने वाचा गरेका कारण अहिले जिल्लामा जथाभावी तथा विना नाप नक्साका सडक काटिन थालेका छन् । स्थानीय तहले सबै वडाको टोलटोलसम्म सडक पु¥याउन प्राविधिक परीक्षण र मापदण्ड विपरित सडक खन्दा गाउँको बस्ती र उर्भर भूमि नै जोखिममा परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);