स्वास्थ्य चौकी भवन पहिरोको चपेटामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वास्थ्य चौकी भवन पहिरोको चपेटामा

सुवास आचार्य
बाग्लुङ, १३ भदौ ।
स्थानीय सरकार आएपछि गाउँगाउँमा सडक पु¥याउने प्रतिस्पर्धा जस्तै नै चलेको छ । तर सडक निर्माण गर्दा न्यूनतम मापदण्ड समेत पुरा नगरिएपछि हिउँदमा निर्माण गरिएका सडकले वर्षाको समयमा विकास भन्दा विनास बढी निम्त्याउन थालेको छ । गाउँगाउँमा सडक पु¥याउन गरिएको डोजरे विकासको कारण बाग्लुङ नगरपालिका ९ तित्याङको स्वास्थ्य चौकी भवन पहिरोको चपेटामा परेको छ ।

सडक निर्माणको नाममा भुबनोटको अध्ययन विना नै जथाभावी खन्ने डोजर चलाउने प्रवृत्तिले बाग्लुङका विभिन्न स्थानमा पहिरो र भुक्षयको समस्या बढेको छ । बाग्लुङ नगरपालिका भित्र विकासको नाममा खनिएका सडक यतिबेला नगरवासीका लागि निल्नु न ओकल्नु भएको छ ।

बाग्लुङ नगरपालिका–९ तित्याङमा विकासको नाममा जथाभावी खनिएको सडकका अबिरल वर्षा संगै पहिरो जाँदा स्वास्थ चौकी भवन जोखिममा परेको छ । एक बर्ष अघि मात्रै सम्पन्न भएको स्वास्थ चौकी भवन दैनिक रूपमा परिरहेको बर्षाको कारणले झन जोखिम वढ्दै गएको हो । वर्षातको समयमा कार्यलयमा बस्न समेत जोखिम रहेको तित्याङ स्वास्थ्यचौकी स्वास्थ्यकर्मी गीता शर्मा गुनासो छ ।

बाग्लुङ बजारबाट तित्याङ हँुदै सिगाना जोड्ने मोटर वाटो विस्तार गर्दा स्वास्थ्य चौकीको पिल्लरबाट जमिन भाँसिएको छ भने चिनेको जाली समेत भत्काएको छ । २ करोड ३ लाखको लागतमा गत वर्ष निर्माण सम्पन्न भएर नयाँ भवनबाट सेवा दिन सुचारु गरिएको थियो । लगातार पानी परेको कारण तित्याङ भित्र खनिएका सडक ठाउँमा पहिरो गएका कारण डेढ महिना देखि सदरमुकामसँग सडक सम्पर्क विच्छेद भएको छ ।

सडकबाट बग्ने भल तथा भुक्षयको कारण सर्वसाधारणको धान खेतीमा समेत क्षति पु¥याएको छ । स्वास्थ्य चौकी जोगाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको स्वास्थ्य चौकी प्रमुख नारायण शर्माीले जानकारी दिनुभयो ।

सडक पु¥याउदा उपकरणको कम्पनले खलबलिएको जमीन बर्खाको पानीले गलेर बग्ने, सडकमा सङ्कलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमीन भाँसिने, भुक्षय हुने गरेको छ ।

जोखिममा परेको स्वास्थचौकीको पहिरो रोकथामको लागि नगरपालिकाले आवश्यक कदम चाल्ने बाग्लुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्त सुवेदीले बताउनु भयो । स्थानीय तहले मापदण्ड विपरित धमाधम ग्रामीण सडक निर्माण गर्दा एकातिर बजेटको दुरुपयोग भईरहेको छ भने अर्को तिर दुर्घटनाको जोखिम पनि बढिरहेको छ ।

गाउँ गाँउमा निर्माण भएका सडकको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाईएको छैन् भने वातावरणीय प्रभाव मुल्याङकन समेत गरिएको छैन । प्राविधिक प्रयोग नै नगरि बनाईएका सडकहरु डोजर अपरेटरकै सल्लाहमा खनिँदा पहिरोको जोखिम वढेर गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);