पहिरोका कारण बाग्लुङका बासिन्दा विस्थापित हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पहिरोका कारण बाग्लुङका बासिन्दा विस्थापित हुँदै

सुवास आचार्य
बाग्लुङ, ३ असोज ।
पहिरोका कारण बाग्लुङको जैमिनि नगरपालिका वडा नम्वर १ को सिंगो गाउँका बासिन्दा विस्थापित भएका छन् । गत भदौ २८ र २९ गते गएको पहिरोले जैमिनी नगरपालिका १ टुनिवोटका ४१ घर विस्थापित भएका हुन् ।

अहिले देशभरी नै बाढि पहिरोको समस्या छ । पहिरोका कारण हजारौँको ज्यान गएको छ भने केहि घाईते त केहि विस्थापित हुनु परेको छ । बाग्लुङको जैमिनि नगरपालिका वडा नम्वर १ को सिंगो गाउँका ७ वटा घर पहिरोले बगाएको छ भने बाँकी ४१ घर पहिरोको चपेटामा परेपछि स्थानीय विस्थापित भएका हुन् ।

गाउँमाथिबाट पहिरो खसेकाले विस्थापित भएका स्थानीयहरु घर छाडेर सामुदायिक विद्यालय छिमेकी र आफन्तकोमा वस्न वाध्य छन् । पहिरोले घरसँगै आफ्ना आफन्त गुमाएका परिवारले छिमेकीको घरमा काजकिरिया गरिरहेका छन् ।

कोरोना कहरसँगै पहिरोले विनाश निम्त्याए पछि सिंगो गाउँ नै अस्तव्यस्त भएको छ । मुस्किलले ज्यान बचाएकाहरूलाई बाससँगै गाँसको समेत चिन्ता थपिएको छ । स्थानीयहरु घर छोडेर अन्यत्रै जाने गरेको रेडक्रस उपशाखाले जनाएको छ ।

गाँउमा ठूलो भौतिक क्षति भएकाले तत्कालकालागि पहिरोबाट प्रभावित परिवारको व्यवस्थापनलाई ध्यान दिनुपर्ने स्थानीयको माग छ । अविरल वर्षाले गाउँमाथिबाट आएको पहिरोले गाउँ नै घेरिन थालेपछि गाँउले घर छाड्न वाध्य भएका हुन । गाँउमा मानविय र ठुलो भौतिक क्षती भएकोले पहिरोवाट वचेका स्थानियलाई सुरक्षित स्थानमा राख्ने दायित्व सरकारको भएको स्थानीयको भनाई छ ।

बाग्लुङ नगरपालिका वडा नम्वर १२ मा बस्ती माथिबाट गत आर्थिक वर्षमा सडक खनिएको र बस्तीको भूभाग कमजोर भएकाले पहिरो गएको स्थानियको भनाई छ । कमजोर भुवनावट भएको गाँउ माथिबाट गएको सडकले विनास निम्ताएको वडा कार्यालयको भनाई छ ।

जिल्लामा यस अघिको वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा १ सय भन्दा वढी घर विस्थापित भइसकेका छन् । बर्षायाम नसकिएकाले अझै विभिन्न स्थानमा पहिरो जाने सम्भावनाका साथ धनजनको क्षति हुन सक्ने भएकाले सतर्क तथा सुरक्षित स्थानमा वस्न प्रशासनले आग्रह गरेको छ ।

यस वर्ष जैमिनी नगरपालिका भित्र पहिरोका कारण ३ जनाले ज्यान गुमाईसकेका छन् । नगरपालिकाको प्रारम्भीक तथ्याकं अनुसार पहिरोका कारण नगरपालिका भित्र १० घरमा पूर्ण क्षति पुगेको छ । ४५ घर पहिरोको उच्च जोखिममा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);