पहिरोले जोखिममा जिरी हाटडाँडा हाल सम्म ४१ घरपरिवार विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

पहिरोले जोखिममा जिरी हाटडाँडा हाल सम्म ४१ घरपरिवार विस्थापित

दोलखा । मनसुन शुरु भए संगै भएको पहिरोले जिरी नगरपालिका–६ हाटडाँडा जोखिममा परेको छ । पहिरोको कारण हाल सम्म हाटडाँडा मा रहेका १४ घर परिवार विस्तापित भएका छन् । पहिराले घर बगाउने जोखिम बढेपछि स्थानीय बासिन्दा आफन्त र र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । हाटडाँडा जिरीको माथिल्लो बजार हो । बजारका घरहरू पहिराले तानेपछि स्थानीय विस्थापित भएका हुन् । पहिरोका कारण विस्थापित भएपछि स्थानीयलाई नगरपालिका, सुरक्षकर्मी र जनप्रतिनिधिहरुले सुरक्षित स्थानमा स्तान्तरण गरेका छन् ।

अहिले ‘पहिराले माथि र तल दुवैतिरबाट घेरिएका घरको सामानहरू निकालेर सुरीक्षत ठाउँमा राख्न लागिएको छ । पहिरोका कारण वडा कार्यालय, आजादी माध्यमिक विद्यालय, सेतीदेवी र कर्णाली प्राथमिक विद्यालयसमेत उच्च जोखिममा परेको छ । जोगीगाउँ, थामीबस्ती, मगरगाउँ, विरौटालगायतका स्थानमा पहिरो खसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);