आलिताल गाउँपालिकाको चुरे क्षेत्रमा पहिरो खस्दा ३५ परिवार विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आलिताल गाउँपालिकाको चुरे क्षेत्रमा पहिरो खस्दा ३५ परिवार विस्थापित

डडेल्धुरा, २२ भदाै । डडेल्धुराको आलिताल गाउँपालिकाको चुरे क्षेत्रमा पहिरो खस्दा ३५ परिवार विस्थापित भएका छन् । लगातारको बर्षाका कारण आएको पहिरोले जिल्लाको आलिताल गाउँपालिका–७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँका ३५ परिवार विस्थापीत हुन् ।

अहिले उनीहरु सामुदायीक वनमा त्रिपाल मुनी बस्न बाध्य छन भने आधा दर्जन गाउँका ७६ परिवार पहिरोको उच्च जोखीममा रहेका छन । पहिरोले विस्थापनीत स्थानियहरु सुरक्षित स्थानमा सरि रहेका छन । गाउँमाथिको पहाडनै पुरै चर्किएकोले स्थानीय त्रसित छन् । अहिले उनीहरु राहतको र्पखाईमा छन् ।

पहिरोले वस्ती वस्न योग्य नभएको र सिंगो गाँउ नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ । विस्थापीत परिवारलाई जमिन खोजी गरि दिर्घकालीन रुपमा बसाइँ सार्ने तयारी भइरहेको आलिताल गाउँपालिकाले जनाएको छ ।

एक दश अघि उक्त क्षेत्रमा व्यापक वन फडानी भएको थियो । अत्यन्तै सम्बेदनसिल मानिएको चुरे क्षेत्रमा अवैध रुपमा वन फडानी भएसँगै पहिरोको प्रकोप देखिन थालेको हो । गत साउन १८ गतेदेखि वस्तीमा पहिरो खस्न शुरु भएको थियो । गाँउको माथि र तल्लो क्षेत्रबाट पहिरो खस्ने क्रम अझै जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);