अफवाह फैलाउने चिकित्सक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अफवाह फैलाउने चिकित्सक पक्राउ

काठमाडाैं,२२ भदाै । कोरोना संकमणबाट मृत्यु भएकालाई आँखा,‘किड्नी, र लिभर निकाल्ने गरेको भन्दै भ्रम फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई टाढै राखेर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको अफवाह फैलाएका थिए।

प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गरेका छन् । अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);