सामाजिक सञ्जालमा अफवाह फैलाउने एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सामाजिक सञ्जालमा अफवाह फैलाउने एक पक्राउ

काठमाडाैं, ८ चैत । सामाजिक सञ्जालको दुरुपयोग गर्दै अडियो मेसेज मार्फत राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिसकेको भन्दै अफवाह फैलाउने कार्यमा संलग्न एक जनालाई केन्द्रीय साईबर व्युरोले पक्राउ गरेकाे छ ।

रामेछाप, ठाडादेवी गा.पा घर भई हाल भक्तपुर सिपाडोल बस्ने वर्ष २० का विवेक थापा मगरलाई आज व्युरोले पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछमा निजले आफुले संचालन गरेको पेजमा reach र engagement वृद्धि गर्न सो भ्रम र अफवाह फैलाएको स्विकार गरेकाे प्रहरीले जनाएकाे छ  । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

आफूले संचालन गरेको कुनै पनि पेजहरुमा reach र audience वृद्धि गर्न यस किसिमका गतिविधि नगर्न र यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा समेत  प्रहरीले  सबैमा जानकारी गराएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);