कोरोना भाइरस विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन नेकपाको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना भाइरस विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन नेकपाको अपिल

narayankaji shreshtha

काठमाडौं, ८ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन अपिल गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सिंगो राष्ट्र एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपिल गरेको हो । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि जोखिमबाट भने मुक्त नरहेको नेकपाले जनाएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघ संस्था र नागरिक सबैलाई एकतावद्ध भएर जोखिमबाट देशलाई बचाउन आग्रह गर्नुभयो ।

कोरोना विरुद्ध लड्ने सरकारलाई आवश्यक निर्णयका लागि पार्टीले सुझाव दिएको र सरकारले गरेका निर्णयहरु कार्यान्वयनका लागि सहजिकरण गरिरहेको उहाँले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले जनचेतना विस्तारका लागि पार्टीले युवा, विद्यार्थी र चिकित्सक संगठनहरुलाई हजारौँको संख्यामा स्वयम सेवक तयार गर्न निर्देशन दिएको पनि उहाँले बताउनुभयो ।

आवश्यकता परेको क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी स्वयमसेवक तयार गर्न संगठनहरुलाई पार्टीले निर्देशन दिएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);