एनआरएनले कोरोना विरुद्ध लड्न सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनआरएनले कोरोना विरुद्ध लड्न सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने

sahayo

काठमाडौँ, १० चैत । गैर आवासीय नेपाली संघ एनआरएनले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद आईसीसीको बैठकले गरेको हो ।

संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामाग्री सहज गर्न गठित नेपाल सरकारको केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँको केन्द्रीय कोष खडा गरेको थियो ।

सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन् । अन्य व्यक्ति वा संस्थाहरुले पनि स्वेच्छाले सो कोषमा रकम जम्मा गर्न सक्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);