चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, मूल्य वृद्धि दर ६.५ कायम गर्ने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, मूल्य वृद्धि दर ६.५ कायम गर्ने लक्ष्य

काठमाडौं । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्य वृद्धि दर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै मूल्यवृद्धि दर साढे ६ प्रतिशत कायम गरिएको जानकारी दिएका हुन् । स्वदेश तथा विदेशमा भईरहेका मूल्य वृद्धिमा परिरहेको परिदृश्यलाई मध्यनजर गर्दै यस वर्षमा सो मूल्य वृद्धिको लक्ष्य तय गरेको हो ।

साथै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गरिने बताएका छन् । थोक र खुद्रा लघुवित्तसमेत गाभिन सक्ने र त्यसलाई प्रोत्साह गरिने बताएका छन् । त्यसैगरी केन्द्रीय बैंक विद्युतीय मुद्राको सम्भाव्इता अध्ययन गरिने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

मौद्रिक नीतिका अनुसार चालु आर्थिक वर्षमा मार्जिन कर्जा यथावत रहेको छ । मार्जिन कर्जा एक व्यक्तिले १२ करोड रुपैँया मात्र लिन सक्ने, एक बैंकबाट ४ करोड मात्रै पाउन पनि बताइएको छ । साथै रेमिट्यान्स बैंकमा निक्षेप राखे एक प्रतिशत बढी व्याज दिइने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);