पहिरोमा ट्याक्टर पुरिँदा एकजनाकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

पहिरोमा ट्याक्टर पुरिँदा एकजनाकाे मृत्यु

palpa pahiro

पाल्पा । तिनाउ गाउँपालिका ६ डुम्रेस्थित भित्री सडकमा लु ४ त ६६२९ नम्बरको ट्याक्टर शुक्रबार राति आएको पहिरोमा पुरिँदा ट्याक्टरमा लेबर काम गर्ने बर्दिया अस्मेरी गाउँपालिका ३ घर भई डुम्रेस्थित टेन्ट बनाई बस्ने २७ वर्षीय महेन्द्र पुनको मृत्यु भएको छ ।

डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको उक्त ट्याक्टर हिलोमा फसेकोले जेसिबी ल्याई निकाल्ने क्रममा पहिरो झरी दुवै सवारी साधन पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले जेसिबी चालक र पुनको उद्दार गरी दुवै जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा पठाएकोमा उपचारको क्रममा पुनको मृत्यु भएको हो ।

Leave a Reply

ताजा समाचार